नेकपाका ६१ सांसदको हस्ताक्षर सुझाब पार्टी एकता जोगाऊ

सारांशमा :
-केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल तीनै पक्षका सांसदहरुले हस्ताक्षर गरी सिंहदरवारमा आइतबार सार्वजनिक गरेका हुन
पूरा पढ्नुहोस्:

काठमाडौं । नेकपा भित्र भईरहेको अन्र्तबिरोध लाई भन्दा पनि पार्टी एकता जोगाउन भन्दै ६१ जना नेकपाका ६१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
नेकपाका सांसदहरुले एकता जोगाउन भन्दै ६१ जना सांसदले हस्ताक्षर गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल तीनै पक्षका सांसदहरुले हस्ताक्षर गरी सिंहदरवारमा आइतबार सार्वजनिक गरेका हुन् ।
विधानबमोजिमका विधि र पद्धति अनुरुप पार्टी चलाउनु पर्ने भन्दै प्रतिनिध सभाका नेकपा सांसद्हरु सक्रिय भएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सांसद् मेटमणि चौधरील पार्टी एकता जोगाउनु र नेतृत्वलाई सहमतिको दिशामा आउन हस्ताक्षर गरिएको जनाकारी दिए ।

पार्टीमा विभिन्न विचार समूहमा उपल्लो समूहमा नेतृत्व तहरुसँगै सबै विभक्त पनि तत्काल एकता महाधिवेशनसम्म पार्टीको विचार र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राख्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसरी हस्ताक्षर बुझाउनेहरु मा अन्जना बिसुंखे,अमनलाल मोदी,हाशा कुमारी बि.क,इन्द्रकुमारी शर्मा,कलिला खातुन,कल्याण कुमारी खड्का, कृष्ण प्रसाद दाहाल,कृष्णभक्त पोखरेल,कृष्णलाल महर्जन,केदार सिग्देल,गंगा बहादुर तामाङ,गणेश कुमार पहाडी,गणेश सिंह ठगुन्ना,गोपीबहादुर अछामी,गोमा देवकोटा,गौरीशंकर चौधरी,घनश्याम खतिवडा,चाँद तारा कुमारी,जयकुमार राइर्, जीवन राम श्रेष्ठ,झपट बहादुर रावल,तीर्था गौतम,थममाया थापा,दामोदर भण्डारी,दिपेक प्रकाश भट्ट,धर्मशीला चापागाईं,ध्रुव कुमार शाही ,नन्द लाल रोका क्षेत्री, नरबहादुर धामी,नवराज सिलवाल,नारदमुनि राना, नारायण प्रसाद खतिवडा, पदम गिरी,पार्वती कुमारी बिसुङखे, पुस्पा कुमारी कर्ण कायस्थ, प्रेम आले,बिजय सुब्बा,भावनी खापुङ,भुपेन्द्र थापा,भैरब बहादुरसिंह,मनकुमारी जिसी, मेटमणि चौधरी,यज्ञ बहादुर बोगटी,यज्ञ राज सुनुवार,रविन्द्रराज शर्मा राजबहादुर बुढा,राजेन्द्रकुमार राई,राजेन्द्र प्रसाद गौतम,राम कुमारी झाक्रि,रामचन्द्र राई,लक्ष्मीकुमारी चौधरी लालबहादुर साँवा लिम्बु, बिना पोख्रेल,बिशाल भट्टराई,शान्तिमाया तामांग,श्यामकुमार श्रेष्ठ,समिना हुसेन,सरिता न्यौपाने,सुधन किराँती,सुरेशकुमार राई,हेमकुमार राई रहेका छन ।