भन्सारकाे पूर्वादेश सुविधा, देखिएन व्यवसायीहरुको आकर्षण

श्राेतः इन्टरनेट

काठमाडाै । नेपालमा पहिलोपटक भन्सार विभागले ल्याएको पूर्वादेश सुविधामा व्यवसायीहरुको आकर्षण देखिएको छैन ।

 गएको वर्षदेखि नेपालमा भन्सार विभाले पूर्वादेश सुविधा ल्याएकाे हाे ।

आयातका सन्दर्भमा प्रक्रिया छोटो गराउन तथा अनुमानयोग्य कारोबारमा सहयोग पुग्ने यस्तो सुविधा लिनमा आयातकर्ताहरु इच्छुक भएका छैनन् । 

जानकारीको अभावमा यो सुविधा लिनका लागि व्यवसायीहरु आकर्षित हुन नसकेको विभागको ठहर छ ।

कुनै पनि आयातकर्ताले विदेशबाट वस्तु आयात गर्दा वस्तुको विवरण, उत्पत्ति, हार्मनाइज्ड कोड जस्ता सबै विवरण घोषणा गर्न पाउछन् ।

सोहीअनुसार उनीहरुका लागि भन्सार दर तथा करको पूर्वानुमान हुनेछ । 

यसरी पूर्वस्वकृति लिएअनुसारको वस्तु आयात गरेको खण्डमा भन्सार जाँचपासमा पनि छिटो हुने विभागले जानकारी दिएको छ ।

तर स्वीकृत भन्दा बाहेकका वस्तु ल्याएमा भने थप जाँपास हुन सक्छ । 

यो नियमले व्यापार सहजीकरणमा सहयोग पुग्ने भन्सार विभागको विश्वास छ ।

तर व्यावसायीहरुले भने नेपालको भन्सार प्रणालीमा सबै इकोसिस्टम निर्माण भइनसकेकाले तत्काल खासै ठूलो प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् ।

यसले भन्सारमा लाग्ने करको पूर्वानुमान तथा आएपछिको अवस्थामा पनि मालवस्तु जाँचमा केही छरितो हुने भएपनि योभन्दा झन्झटिला अन्य प्रक्रिया भएकाले यसबाट राहत नमिल्ने उनीहरुको दाबी छ ।