सिरहामा अत्यधिक चिसोले चार जनाको मृत्यु

श्राेतः इन्टरनेट

काठमाडाै । चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।

केही दिनयता बढेको अत्यधिक चिसोले चार जनाको मृत्यु भएको हाे ।

चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।