प्रचण्ड-माधवकुमार समूहको प्रदेशस्तरीय भेला पेरिसडाँडामा

श्राेतः इन्टरनेट

काठमाडाै। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय भेला बोलाएका छन् । 

पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा १२ बजे बोलाइएको भेलामा उनीहरु निकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरु सहभागी छन् ।

भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफु निकट कार्यकर्तासँग भेटघाट र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कायक्रम छ । 

यसअघि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरुको भला गरेका थिए ।

यो समूहले स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको पनि विभिन्न स्थानमा भेला गर्दै आएका छन् ।