सुनको मूल्यमा वृद्धि

श्राेतः इन्टरनेट

काठमाडाै । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर अाज तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । 

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको छ ।