नेपालमा थप सात सय ८२ जनामा कोरोना सङ्क्रमण

श्राेतः इन्टरनेट

काठमाण्डौ । पछिल्लाे २४ घण्टामा नेपालमा थप सात सय ८२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा एक हजार २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यो सँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको छ । 

नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ ।

 चार सय २७ जना क्वरेण्टीनमा रहेका छन् । 

यस्तै, गएको २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ६५ पुगेको छ ।