आकस्मिक मन्त्रिपरिषद बैठक सकियो

श्राेतः इन्टरनेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठक सकिएको छ ।

बैठक सकिएलगतै ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटावरमा छलफल सुरु भएको छ ।

स्थायी कमिटी बैठक सुरु हुनु अघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

अहिले दुई अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘दुई अध्यक्षबीच छलफल सुरु भएको छ । आजको स्थायी कमिटीबारे नै छलफल हुने हो,’ उनले भने ।

नेकपाको स्थायी कमिटी बैठक आइतवार १ बजेका लागि बोलाइएको छ ।

प्रचण्डले आफ्नो प्रतिवेदन फिर्ता नलिए आजको बैठकमा सहभागी नै नहुने ओलीले शनिवारको भेटमा बताएका थिए ।


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button

ताजा अपडेट