मन्त्रिपरिषद्‌बाट संसद विघटन सिफारिस

श्राेतः इन्टरनेट

काठमाडाैँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव गरेको छ ।

बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले फरकधारलाई जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आज आकस्मिक बैठक बोलाएका थिए । 

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो सिफारिस गरेको हो । 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका विभिन्न नेताहरुलाई भेट गरेका थिए ।

पछिल्लो समय नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली उनकै पार्टीभित्र अल्पमतमा परेका थिए ।