संसद विघटनको सिफारिस गरेसँगै राप्रपा बैठक बस्दै

श्राेतः इन्टरनेट

काठमाडौं । सरकारले संसद विघटनको सिफारिस गरेसँगै केपी शर्मा ओली नेतृत्वको एकाएक नेपाली राजनीतिमा तरंग छाएको छ ।

प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाएसँगै दलहरु एकाएक सशंकित भएका छन् ।

 यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सशंकित भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएका छन् ।