ओलीविरुद्धको रणनीति तय गर्दै, प्रचण्डसहित सचिवालय सदस्य खुमलटारमा भेला

श्राेतः इन्टरनेट

काठमाडाै । संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन् ।

परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको खुमलटारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशसञ्चारलाई जानकारी दिए ।

भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन् ।

नेता खनालले अहिले संसद विघटनको ओलीको सिफारिस राष्ट्रपतिले स्वीकार गर्छिन् या गर्दिनन् भन्ने विषयलाई लिएर प्रतिक्षा गरेका छन् ।

यदि राष्ट्रपतिले सिफारिस अनुमोदन गरेको खण्डामा उनीहरुविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेको सचिवालय सदस्यहरूले बताए ।

संसद विघटन सिफारिस प्रकरणले आइतबार एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक अन्यौलमै छ ।