सेयर बजारमा तीव्र गतिमा ओरालो लाग्याे

श्राेतः इन्टरनेट

काठमाडाै । नेपाली सेयर बजारमा तीव्र गिरावट आएको छ । 

यस दिन बजार खुलेदेखि नै ओरालो लागेको छ ।

दिउँसो १ः २२ बजेसम्म नेप्से ५२ अंकले घटेर १९७९ अंकमा कायम भएको छ ।

सो बेलासम्म उत्पादनबाहेकका सबै समूह ओरालो लागेका छन् । 

बजार घटिरहँदा हिमालय डिस्टिलरीको मूल्य भने १० प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घटेको अवस्था छ । 

राजनीतिक घटनाक्रमका कारण यस दिन बजारमा प्रभाव परेको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सेयर बजारमा तीव्र गिरावट आएको छ ।