दाहाल र नेपाल संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने

श्राेतः इन्टरनेट

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएपछि चाल्नुपर्ने थप रणनीतिबारे छलफल गर्न दाहाल निवास खुमलटारमा बसेको दाहाल–नेपाल लगायतका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

वरिष्ठ नेता झलनाथ खनालले संसद् विघटन गर्ने प्रधानमन्त्री ओली कदमको प्रतिकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा नेताहरुले संसद विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुन सक्ने परिस्थितिबारे आआफ्ना धारणा राखेका थिए । 

नेता खनालले आज बोलाइएको स्थायी कमिटी बैठक बस्ने र आवश्यक निर्णय लिइने बताए ।