नेकपा युवाहरुले पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरे

श्राेतः इन्टरनेट

काठमाडाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरामा पुत्ला दहन गरिएको छ ।

पोखराको महेन्द्रपुलमा आइतबार सत्तारुढ नेकपा युवाहरुले नै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा सत्तापक्ष युवाहरुकाे प्रहरीसँग झडप समेत भएको थियो ।

तर, अहिले स्थिति साम्य भइसकेको छ ।

सयौंको संख्यामा उपस्थित युवाहरुले प्रधानमन्त्री ओलीबिरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले ‘केपी ओली मुर्दाबाद’, ‘केपी चोर देश छोड’, ‘संसद विघटन गर्न पाइदैन’लगायतका नारा लगाएका थिए ।