प्रधानमन्त्रीले चार बजे सुरक्षा परिषद् बैठक बोलाए

श्राेतः इन्टरनेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जायजा लिनुका साथै कुनै कदम चाल्नसक्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन् ।

ताजा अपडेट