स्युचाटारस्थित कलाकार संघको भवन शिलान्यास

श्राेतः इन्टरनेट

काठमाडाैँ । स्युचाटारस्थित खड्कागाउँको थानेटारमा चलचित्र कलाकार भवन शिलान्यास गरिएको छ ।

शनिबार आयोजित एक समारोहबीच शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।

मन्त्री श्रेष्ठले कार्यक्रममा कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गर्दै संघको भवन सानो भएकाले यो तयार पारिसकेपछि बिक्री गरेर अन्यत्र भवन लिनुपरे सहयोग गर्ने बताए ।

भवन शिलान्यास भएका दिनलाई संघका अध्यक्ष रवीन्द्र खड्काले ऐतिहासिक दिनका रूपमा चर्चा गरे ।

‘कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्वपूर्ण शुभदिन बन्न पुगेको छ ।

दुई दिनअघि मात्रै जग्गा खरिद गरी भवन शिलान्यास गरिएको हो ।’ –उनले भने ।

संघका अध्यक्ष रवीन्द्र खड्काले संघका पूर्व अध्यक्षहरु, विशेष गरी स्व. रामकेशर बोगटीको आर्थिक सहयोग तथा कार्यसमितिका पदाधिकारीको प्रयासबाट भवन निर्माण कार्य सम्भव भएको चर्चा गरे ।