दुई तिहाई सरकार, दुई तुहाई भयो: दिपक राज गिरी

श्राेतः इन्टरनेट

काठमाडौँ । हाँस्यव्यंग कलाकार दिपक राज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे संसद विघटन गर्ने निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा ‘दुई तिहाईको सरकार, दुई तुहाई भयो’ भनेर लेखेका छन् ।  

उनले पाँच वर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर लेखेका छन् ।

उनको यो भनाईमा धेरैले प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव गरेपछि चौतर्फि आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको यो कदमलाई असंवैधानिक भएको प्रतिक्रिया आइरहेको बेलामा धेरैले राजनीतिक यो कदमपछि आइतबारको दिनलाई कालो दिन भनेर नामाकरण गरेका छन् ।

ताजा अपडेट