आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोवार

श्राेतः इन्टरनेट

काठमाडाै । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले उकालो लागेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छ ।

आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ ।

तेजाबी सुन आज प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो । 

यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला एक हजार ३२० मा कारोवार भएको छ ।

आइतबार चाँदी एक हजार २८० मा कारोवार भएको थियो ।