डन्डीफोर र चाँया हटाउन केराको बोक्रा प्रयाेग

श्राेतः इन्टरनेट

केरा फलफूलको राजा हो । केरा सबैलाई मनपर्ने फल हो । केरामा भिटामिन, क्याल्शियम, प्रोटिन, आइरन, एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ ।

केरामा पाइने यी नै तत्वहरुका कारण यो फल खाने गरिन्छ । तर केराको बोक्रा फाल्ने गरिन्छ । तर केराको बोक्राका पनि कयौँ फाइदाहरु छ ।

बोक्रालाई विभिन्न तरिकाले कपाल र अनुहारमा लगाउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक्नी कम गर्न 
पाकेको केराको बोक्राको पेस्ट बनाउने र त्यसमा एक चम्चा महमा थोरै कागतीको रस मिसाएर अनुहारमा भएको एक्नीमा लगाउने र १५ मिनेटपछि पखाल्ने ।

हप्तामा दुईपटक यसरी लगाउँदा अनुहार सफा हुँदै जान्छ । 

एक्नी कम गर्न 
पाकेको केराको बोक्राको पेस्ट बनाउने र त्यसमा एक चम्चा महमा थोरै कागतीको रस मिसाएर अनुहारमा भएको एक्नीमा लगाउने र १५ मिनेटपछि पखाल्ने ।

हप्तामा दुईपटक यसरी लगाउँदा अनुहार सफा हुँदै जान्छ । 

दागधब्बा
अनुहारमा भएको दागधब्बा हटाउन केराको बोक्राको पेस्ट तयार गर्ने र त्यसमा एक चम्चा मह मिसाएर हातले हल्का मसाज गर्ने ।

यसरी लगातार केही दिन लगाउँदा अनुहारको दागधब्बा हराउँदै जान्छ । 

चाँया
केराको बोक्राको पेस्ट कपालको जरामा लगाउने गर्दा चाँया हटाउन मद्दत गर्छ ।

केराको बोक्राको भित्रि भाग, १ चम्चा दही, २ चम्चा नरिवलको दूध, गुलाब जल मिसाएर कपालको जरामा लगाएर मसाज गर्ने र ३० मिनेट लगाएर छोड्ने र त्यसलाई पानीले पखाल्ने गर्दा चाँया कम हुँदै जान्छ ।

एजेन्सीकाे सहयाेगमा ।