वीरगन्जमा प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन

श्राेतः इन्टरनेट

काठमाडाै । वीरगन्जमा प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी पर्साले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले संविधान विपरित अचानक प्रतिनिधिसभा विघटन गरेपछि जसपाले विरोध प्रदर्शन गरेको हो । 

बिहीबार दिउँसो १२ बजे वीरगन्जको घण्टाघर चाेकमा जसपाका नेता कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

जनता समाजवादी पार्टीको केन्द्रीय निर्देशन अनुसार उनीहरुले विरोध प्रदर्शनपछि नगर परिक्रमा गरेर पुनः घण्टाघरमा नै आएर कोणसभा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेताले ओली प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि हमला र संविधानको मर्यादा समाप्त पाएको बताएका थिए ।

उनीहरूले प्रतिनिधिसभा विघटन फिर्ता नलिए देशभर आन्दोलन सुरु हुने चेतावनी दिएका छन् ।

विरोध प्रदर्शनमा बोल्दै जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले मधेस आन्दोलनदेखि मधेविरोधी केपी ओली यो घटनाले देशको पनि ठूलो विरोधी भएको बताए । 

प्रधानमन्त्री ओलीले गत पौष ५ मा संसद विघटन गरेपछि जसपाका नेताहरुले सोही दिनदेखि लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप यादव, निजामुद्दिन समानी, रमेश कुर्मी, हरिनारायण रौनियार, जिल्ला अध्यक्ष रामनेरश यादवलगायतको सहभागिता थियो । 

ताजा अपडेट