रोहनप्रितले नसामा डुबेर प्रपोज गरेको नेहाको खुलासा

श्राेतः इन्टरनेट

काठमाडौं । भारतीय चर्चित गायिका नेहा र रोहनप्रित सिंहको भेट यही वर्ष ‘नेहु दा व्याह’ म्युजिक भिडियो सुटिङको क्रममा भएको थियो ।

छोटो समयको चिन्जानमै यो जोडी बिवाह बन्धनमा बाँधिएका हुन् ।

नेहा कक्कड बिवाह बन्धनमा बाधिँएको केही महिना मात्र भएको छ ।

नेहाले ‘द कपिल शर्मा शो ’ मा गरेको खुलासा अनुसार रोहनप्रित बिवाहको लागि तयार थिएनन ।

तर नेहा भित्र भित्रै रोनहनलाई प्रेम गर्न थालिसकेकी थिइन् ।

यही कारण नेहाले अल्कोहलको नसामा डुबेर रोहन प्रितलाई प्रपोज गरिन् ।

नेहाले बताए अनुसार म्युजिक भिडियोको सुटिङ सक्किएपछि उनीहरुको कुरा स्न्यापच्याट आइडीबाट सुरु भएको थियो ।

नेहाले रोहनलाई प्रपोज गर्दा आफू भर्खर २५ वर्षको मात्र भएको अनि बिवाह गर्न नचाहने बताएका थिए ।

केही समय उनीहरुबाीच कुराकानी नै बन्द भयो । तर नेहा रोहन बिना बाच्न नसक्ने भएकी थिइन् ।

अनि उनले सिधै विवाहको लागि प्रस्ताब गरिन् ।

नेहा भन्छिन्–मैले तीन ओटा बियर पिएको थिएँ ।

मैले सोचेँ नसाको तालमा रोहनलाई प्रपोज गरे भनि बिहान सबै कुरा भुल्न सकिन्छ ।

तर बिहान रोहनले मलाई सोधे नेहु हिजो रातिको कुरा याद छ हैन ?

त्यति बेला रोहनले मेरो कुरालाई गम्भीर रुपमा लिएको रहेछ ।

उनले आफ्नो आमासम्ग कुरा गर्न भन्यो अनि बिवाह भयो ।’

नेहा र रोहनको बिहेको सेरेमनी अक्टोबर २० मा भएको थियो ।

उनीहरुले पन्जाबी रितिरीवाजको साथमा अक्टोबर २४ मा बिवाह गरेका हुन् ।