प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै प्रचण्ड-नेपाल माइतीघर मण्डलमा प्रदर्शन

श्राेतः इन्टरनेट

काठमाडाै । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार बिहान ९:३० बजेदेखि माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् ।