महिलाले यि कारणले गर्दा बनाउछन् घरेलु रक्सी

काठमाडाै । केहीसमयअघि सामाजिक सञ्जालमा सांसद उषाकला राईले दिएको “घरेलु रक्सीलाई ‘ब्यान्ड’ हैन ‘ब्रान्ड’ गरेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ” भन्ने अभिव्यक्ति भाइरल भयो । तर, वास्तविकता उहाँको अभिव्यक्तिभन्दा भिन्न छ ।

अनुपस्थितिमा आमाले घरमूलीको भूमिका निर्वाह गर्नु हुन्थ्यो ।

कंकट (घरेलु बिँडी) खाने र दिउँसो भाती जाँड खाएर एकछिन ढल्कने उहाँको बानी थियो ।

राति सुत्नुअघि उहाँ कहिलेकाहीँ आफैले बनाएको एक गिलास घरेलु मदिरा पिउनु हुन्थ्यो।

आमाले निर्वाह गर्ने बहुभूमिकासँगै आमाका ती आनीबानी मेरो मानसपटलमा ताजै छन् ।

कहिलेकाहीँ कंकट सल्काउन मलाई भान्सामा पठाउनु हुन्थ्यो ।

नसल्किएपछि एक सुर्का तान्थेँ । अनि मात्र सल्कन्थ्यो । धन्न बानी भने परिनँ ।

त्यति वेला घरघरमै मदिरालगायत कोदो र चामलको जाँड बनाउने चलन थियो । आमाले बनाउने ती मदिराजन्य वस्तुमध्ये कोदो र चामलको जाँड तथा तोङ्बा कस्तो भयो भनेर चाख्नु पथ्र्यो ।

पाहुनालाई आदरसत्कार गर्न ती सामग्री चाहिन्थ्यो ।

बुवाले मासिक पठाउने पैसा अपुग हुँदा आमाले तिनै मदिराजन्य वस्तु बेचेर गर्जो टार्र्नु हुन्थ्यो ।

अतिरिक्त आम्दानीको अन्य स्रोत नभएको त्यो वेला अधिकांश छरछिमेकी पनि आमाले जस्तै आफूले उत्पादन गरेका मदिराजन्य वस्तु बेच्ने र खाने गर्दथे ।

आमा भने अतिरिक्त आम्दानीका लागि हाते मिसिनमा छिमेकीहरुको लुगा पनि सिलाउनु हुन्थ्यो ।

हामी दुईआमालाई सिलाउने काममा सघाउथ्यौँ ।

आमा हामी तीनजना छोराछोरीलाई बिहान बेलुकी पढ्न बसाउनु हुन्थ्यो । ‘पढे सुख पाइन्छ, नपढे दुःख’ भन्नुहुन्थ्यो ।

उहाँ आफैँ पनि साक्षर हुनुहुन्थ्यो ।

एकदिन बजार जाँदै गर्दा एउटा कुकुरले उहाँलाई टोक्यो ।

तिनताक रेबिजको पनि घरेलु औषधोपचार गरिन्थ्यो ।

वैद्यले उपचारपछि आमालाई तीन महीना मदिरालगायत मांसाहारी भोजन परहेज गर्न लगाए । तर, सक्नु भएन ।

४७ वर्षको उमेरमा उहाँले असामयिक मृत्युवरण गर्नुपर्‍याे । यसरी मदिराले उहाँको ज्यानै लियो ।

आमाले गर्ने बहुभूमिका अचेल पनि टोलछिमेकका धेरै महिलाले गरिरहेका छन् ।

कतिपय अवस्थामा उनीहरुले पनि श्रीमानको अनुपस्थितिमा आर्थिक गर्जो टार्न वा अतिरिक्त आम्दानी स्रोत बनाउन मदिरा बेचबिखन पनि गर्छन् ।

कतिपयले त सेवानिवृत्त भएपछि अतिरिक्त आम्दानीका लागि मदिराजन्य वस्तु उत्पादन गर्ने गरेका छन्। कतिपयले मदिरा पसल चलाउँछन्।

यसरी मदिरा बनाउने वा पसल सञ्चालन गर्ने कतिपयले सेवन पनि गर्छन् ।

अरु समुदायको तुलनामा जनजाति समुदायमा मदिरा व्यवसाय गर्नु र सेवन गर्नु सामान्य देखिन्छ ।

तथापि  यसको बिक्री वितरणभन्दा पनि नियमित र अत्यधिक सेवनले घरपरिवारमा पर्ने चौतर्फी असरबारे बिक्रेता र सेवनकर्ताहरुको ध्यान पुगेको छैन।

नियमित र अत्यधिक मात्रामा मदिरा सेवन गर्ने महिला होस् या पुरुष, उनीहरुको सरदर आयु अरुको तुलनामा कम हुने विभिन्न अध्ययनले देखाएको छ ।

यसमा कति सत्यता छ भन्ने जान्न हामीले आफ्नै घरपरिवार र टोलछिमेकमा हेरे पुग्छ ।

गएको २०/२२ दिनभित्रै मैले नजिकबाट चिनेका तीनजना जनजाति महिलाले मदिराकै कारण ज्यान गुमाए।

मदिराकै कारण अभिभावकत्व गुमाएका बालबालिकाहरु सडकमा पनि पुगेका छन् ।

नयमित जसो अत्यधिक मात्रामा मदिरा सेवन गर्नेहरुले छोराछोरीको भविष्य मात्र अन्धकारमय बनाएका छैनन्, महिलाको जीवन कष्टकर पनि बनेको छ ।

घरेलु हिंसा, बलात्कारलगायत हत्याका घटना निम्त्याउने थुप्रै कारणमध्ये मदिरा पनि एक हो ।

अचेल त जुनसुकै समुदाय र वर्गमा मदिरा सेवन गर्नेको संख्या बढ्दैछ ।

तथापि पुरुषहरुले मदिरा सेवन गर्दा सामान्य देखिए पनि महिलाले सेवन गरे असमान्य जस्तै देखिन्छ ।

विशेष गरी जनजाति समुदायमा बिहेभोज, कुल देउता पूजा, उभौंली, उद्यौलीलगायत चाडबाडमा मदिरा चाहिन्छ ।

मदिराविनाको भोजभतेर नूनविनाको तिहुनजस्तै हुने गरेको छ ।

हुनेखाने शिक्षित जनजातिहरुले छोराछोरीको बिहे गर्दा छुट्टै हल वा कोठामा विभिन्न परिकारको भुटनसहित देशीविदेशी मदिराले पाहुनाको स्वागत गर्छन्।

चिसो पेय पदार्थलगायत मांसाहारी भोजनसम्म नगर्ने म आफूलाई यस्ता जमघटमा धेरै पटक ‘हाँसको बथानमा बकुल्ला’ महसुस गरेको छु ।

तर, अधिकांश महिलाहरुले पुरुष सरह नै मदिरा सेवन गरेको देख्दा ‘साँच्चै नै जनजाति महिलाहरु अरु समुदायको तुलनामा अगाडि छाै
भन्ने लाग्छ ।

बाहिरबाट हेर्दा जनजाति समुदाय अरु समुदायको तुलनामा प्रजातान्त्रिक र प्रगतिशील देखिए पनि पितृसत्ता भने हावी छ ।

बहुसंख्यक जनजाति महिलाहरु मूल प्रवाहीकरणबाट टाढिएका छन् भन्ने विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाउने गरेको छ ।