पछिल्लाे समय बलात्कार किन बढ्दै छ ?

श्राेत इन्टरनेट

‘दिनहुँ ७ जना बलात्कृत’

‘भान्जीलाइ बलात्कार गरेकाे अाराेपमा मामा पक्राउ’
‘यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ’
‘यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ’

यस्ता घटना त कति हुन् , कति …………

पछिल्लाे समय दिनहुँजसो बलात्कारका समाचार ,बलात्कारपछि हत्या गर्ने घटनाकाे शृंखला उतिकै बढेको छ ।

बलात्कारका घटनापछि समाजमै र स्थानीय प्रहरीको रोहबरबाट समेत पीडित र पीडकबीच मिलापत्र गराउने प्रवृत्तिले प्रश्रय पाएको छ ।

जसका कारण प्रत्यक्ष/परोक्ष रूपमा यस्तो जघन्य अपराध गर्ने व्यक्तिको मनोबल बलियो बनेको छ ।

पछिल्लाे ६ वर्षकाे अन्तरालमा बलात्कारका घटना दोब्बर बढेका छन् । 

७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौंमै भएको छ ।

त्यसपछि झापामा धेरै घटना भएको प्रहरी तथ्यांकले देखाउँछ ।

काठमाडौंमा २०७५/७६ मा २ सय १० वटा घटना भएका थिए भने झापामा १ सय ३० ।

त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ ।

सुनसरीमा १ सय १०, मोरङमा १ सय २ र कैलालीमा सय घटना भए ।

बलात्कारका घटना घरपरिवारकै सदस्यसँग जोडिएका छन् । अाफ्नै घरभित्र महिला असुरक्षित महसुस गर्न थालेका छन् ।  

मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ । सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि यसको कारक बनेको छ ।

जस्तै, गत २६ साउनमा बझाङको मस्टा गाउँपालिका निवासी राजेन्द्र बोहराले १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा स्थानीयहरूले गाउँमै मिलापत्र गराई गुपचुप पारेका थिए ।

उनीहरूले ‘बालिकाको गर्भ रहे बोहराले जिम्मा लिने’ कागज गराई पाँच सय रुपैयाँ जरिवाना तिराएर छाडेका थिए । उक्त घटनामा मिलापत्र गराएको केही समयपछि उनै बोहरा अर्की १२ वर्षीया बालिका सम्झना कामीलाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परे । 

बलात्कारको घटनामा मिलापत्र गराउने समूहमा जनप्रतिनिधिहरूको समेत संलग्नता देखिनु विडम्बना हो ।

राजनीतिक पहुँच र दबाब वा आर्थिक प्रभावमा पीडकलाई जोगाउँदा समाजमा थप अपराध बढ्नेतर्फ जनप्रतिनिधि सजग हुनुपर्नेमा प्रमाण दबाउन उनीहरूकै मिलेमतो हुनु घातक छ ।

यौनशिक्षा दिने र यौनहिंसाको बारेमा बुझाउने गरी पाठ्यसामग्री परिमार्जन पनि आवश्यक छ ।

विद्यालय तहदेखि नै बालबालिकाले राम्रो र नराम्रो छुवाइ, प्रजनन अंग, तिनको संवेदनशीलता र काम आदिबारे बुझ्न सके त्यसले हिंसा न्यूनीकरणमा प्रत्यक्ष–परोक्ष रूपमा धेरै भूमिका खेल्न सक्छ। यसका लागि वर्तमान शिक्षाको शल्यक्रिया गर्नेतर्फ शिक्षाविद्हरू संवेदनशील हुनुपर्छ ।

वर्तमान पाठ्यसामग्रीले पितृसत्तात्मक सोच र व्यवहार बदल्न नसकेको तीतो यथार्थ छ ।

यस्तै, पुरुषवादी चिन्तन र व्यवहारलाई मलजल गर्ने वर्तमान शिक्षाले बालिका र महिलाको अस्तित्वलाई नै ओझेलमा पारेको छ । जसका कारण बालक र पुरुषहरूमा बालिका र महिला भनेका कुनै वस्तु हुन् भन्ने बुझाइ स्थापित भएको देखिन्छ । 

बालिका र महिलाका लागि असुरक्षित बन्दै गएको घरपरिवार र समाजलाई हिंसामुक्त बनाउन तीन वटै तहका सरकारले दीर्घकालीन रणनीतिक योजना अगाडि सार्न जरुरी छ। यसका लागि शैक्षिक रूपान्तरणका साथै नागरिक समाजका अगुवाहरूसँग समन्वय र सहकार्य आवश्यक छ ।

बलात्कार, बलात्कारपछि हत्याका घटना चिन्ताजनक रूपमा बढिरहँदा सत्तारुढसहित विपक्षी दलका महिला सांसदहरूले विद्यमान कानून संशोधन गरेर बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने मागसहित विगतमा सदनदेखि सडकसम्म आवाज उठाएका थिए ।

प्रतिनिधि सभा विघटनपछि एकातिर दलहरू र नागरिक समाज संसद् पुनःस्थापनाको पक्षमा सडक संघर्षमा छन्। अर्कातिर, बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यापछि अधिकारकर्मी तथा अभियन्ताहरूले पीडितलाई न्याय र बलात्कारीलाई कारबाहीको मागसहित प्रदर्शन गर्दै आएका छन् ।

दुई वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा पीडितलाई न्याय दिलाउन माग गर्दै काठमाडौँसहित देशका विभिन्न ठाउँमा जनलहर उठेको थियो। तर, दोषीलाई पक्राउ गर्न सरकारी संयन्त्र अझैसम्म असफल भइरहेको छ ।

गत २२ माघमा मृत भेटिएकी भागरथीको हत्यारा पत्ता लगाउने सूत्र पनि प्रहरीले फेला पार्न सकेको छैन ।

वास्तवमा हाम्रो समाजमा बालिका र महिला विरुद्धको हिंसा र त्यसमा पनि बालिका बलात्कारका घटनाको मूल कारण अशिक्षा र गरीबी मात्र हैन, पितृसत्तात्मक सोच र व्यवहार पनि हो ।

यो सोच र व्यवहार चिर्दै हिंसामुक्त समाज निर्माण गर्न हामी सबै महिला–पुरुषको समान सहभागिता र पहल चाहिन्छ। 

वास्तवमा हाम्रो समाजमा बालिका र महिला विरुद्धको हिंसा र त्यसमा पनि बालिका बलात्कारका घटनाको मूल कारण अशिक्षा र गरीबी मात्र हैन, पितृसत्तात्मक सोच र व्यवहार पनि हो ।

यो सोच र व्यवहार चिर्दै हिंसामुक्त समाज निर्माण गर्न हामी सबै महिला–पुरुषको समान सहभागिता र पहल चाहिन्छ । 

तीन वटै तहका सरकारले जनप्रतिनिधिहरूलाई बलात्कार मानवता विरुद्धको अपराध हो भन्ने विश्वव्यापी मान्यता स्थापित गराउनेबारे प्रशिक्षित गर्नुपर्छ। बलात्कारका घटना न्यूनीकरण गर्न समाजको शुद्धीकरण पहिलो शर्त हो ।

यस्तो शुद्धीकरण जनप्रतिनिधिहरूबाट शुरू गर्नु उचित हुन्छ ।

किनभने भौतिक संरचना बनाउनु मात्रै विकास हो भन्ने मान्यता बोकेका अधिकांश जनप्रतिनिधिलाई हिंसामुक्त समाज निर्माण पनि रूपान्तरणको प्रक्रिया हो भन्ने प्रशिक्षणको खाँचो छ ।