अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपालमा

श्राेतः इन्टरनेट

काठमाडौं । चिनियाँ कामदार कोरोना खोप लगाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल आएका छन् ।

५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार नेपाल आएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नेपाल आएका हुन् ।

चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ ।

सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् ।

नीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ ।

यसरी चीनबाट सुरक्षा सावधानीका साथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाइ नेपाल आउने बाटो खुल्ला भएको छ ।

थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।

ताजा अपडेट