महिनावारी हुनु भन्दा पहिला देखिने लक्षण

काठमाडौं । महिनावारी हुनु एक सामान्य प्रकृया हो ।

यो महिलालाई प्रकृतिले दिएको एक वरदान हो ।

एक नारी जन्मदा नै प्रजन्न रुपमै महिनावारी हुनुको वरदान बोकेर जन्मिएकि हुन्छिन् । 

महिनावारी हुनु पूर्व महिलामा अनेकौं किसिमका लक्षणहरु देखिने गर्दछन् ।

सबै महिलामा एकै किसिमका लक्षण नदेखिन सक्छ । 

कुनैपनि महिला रजस्वाला, महिनावारी हुनु भन्दा एक हप्ता वा १५ दिन अगाडीबाट देखिने लक्षणलाई नै पीएमएस भनिन्छ ।

नेपालको सन्दर्भमा चार जना महिलामध्ये ३ जना महिलामा पीएमएस देखिने गर्दछ । 

विश्वमा हेर्ने हो भने ८० प्रतिशत महिला यो समास्या भोगिरहेका छन् ।

महिनावारी हुनु पूर्व देखिने यस्ता लक्षणहरु हरेक महिलामा फरक फरक हुन सक्छन् ।

कुनैपनि महिलालाई एक महिनाअघि एउटा लक्षण देखिएको छ भने अर्को महिनामा अर्कै लक्षण पनि देखिन सक्छ ।

पीएमएसको एउटै लक्षण देखिन्छ भन्ने हुदैन । 

मूख्य गरेर महिनावारी हुनु भन्दा १४ दिन अगाडीबाट महिनावारीका लक्षणहरु देखिने गर्दछन् ।

तर कसैमा १४ दिन अघि नै लक्षण देखिन्छ भने कसैमा १० दिन, ७ दिन वा २ दिन अघिमात्र देखिन पनि सक्छ । 

पीएमएस हुनु एक सामान्य अवस्था भन्ने बुझिन्छ ।

महिनावारी हुनु भन्दा अगाडी धेरै हर्मोनल परिवर्तनहरु हुने गर्दछन् ।

त्यसकारण महिनावारी हुनु भन्दा अगाडी देखिने लक्षणहरुलाई सामान्य नै मानिन्छ । 

पीएमएसमा देखिने लक्षण भनेको सामाजिक, भावनात्मक, मानसिक, शरीरिक हुन्छन्:

शरीरिक लक्षण

स्तनमा केहि परिर्वतन आउँने,

काम गर्न मन नलाग्ने,

बोलोटिङहरु हुने ,

शरिरहरु दुख्ने,
 
टाउकोहरु दुख्ने,
 
जोडर्नीहरु दुख्ने ,

मानसिक र भावनात्क लक्षण

निन्द्रा नलाग्ने ,

भोक नलाग्ने,
 
छटपटि हुने ,

जो सँगपनि झगडा गर्न मन लाग्ने , 

कसैलाई धेरै खाना सुत्न मन लाग्ने , कसैलाई नलाग्ने, 

यस्ता लक्षण देखिएमा किशोरीहरुले आफु कहिनावारी हुन लागेको बुझ्नुपर्छ ।