केपी ओलीको चुनाव चिह्न बयलगाडःप्रचण्ड-नेपाल

श्राेतः इन्टरनेट

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले व्यंग्य गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलनमा बल्दै प्रधानमन्त्री ओली समूहप्रति यस्तो व्यङ्ग्य गरेका हुन् ।

केन्द्रीय सदस्य आचार्यले अब केपी ओलीको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे ।

आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको भएको दाबी गर्दै उनले भने, साथीहरुलाई सूर्य चिह्न र पार्टी कार्यालयमा आँखा नलगाउँन आग्रह गर्छु, यी दुवै हाम्रा हुन,’ ‘उहाँहरुलाई सुझाव छ ।

चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्नुस ।

’उनले सबै कमिटीमा बहुमत रहेकाले आफूहरु नै आधिकारिक पार्टी हुने दाबी गरे ।

चिनियाँ टोली नेपाल आएको प्रसंगबारे चीनले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए ।

चीनले नेपालको राजनीतिमा खेलेको नभइ यस्लाई छिमेकीको सद्भावका रुपमा लिनुपर्ने बताए ।‘यो बीचमा दक्षिणतिरको केही दृश्य र अदृश्य भेटघाट भएको छ ।

रिजाल र आचार्य मंगलबार हुने आन्दोलनको तयारीका लागि सुर्खेत पुगेका हुन् ।

\