नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल को सिइओ नियुक्त

श्राेतः इन्टरनेट

काठमाडौं । नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले आफ्ना शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।

चलचित्र उद्योगमा लामो समयदेखि अभिनेत्रीको रुपमा सक्रिय रहेको जानकारी गराउदै उनले भनेकी छिन् ‘तपाइहरुको माया, साथ र हौसलाले हो म चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएकी छु भन्ने महसुस् गरेकी छु ।

आज यहाँहरु समक्ष अर्को एउटा खुसीको खबर शेयर गर्न पाउदा असाध्यै उत्साहित छु ।

चिफ अप्रेसन अपरेटर (सिइओ)को रुपमा म आबद्ध भएको जानकारी गराउछु ।

’हाल भैंसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने सिइओ सिवाकोटीको भनाई छ ।

स्किन सिटीले अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङसँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचार गर्ने उनले जानकारी दिइन् ।

 पछिल्लाे समयकी ब्यस्त नायिका वर्षा म्युजिक भिडियाेमा पनि सक्रिय छिन् ।

ताजा अपडेट