पुरूष केन्द्रित मानसिकतामा अल्झिएकाे नेपाली समाज

सारांशमा :
राधिका ढकाल
पूरा पढ्नुहोस्:

हाम्रो सामाजिक इतिहासको लामो कालखण्ड यसरी चल्यो कि महिलाहरु सिर्फ पुरुषका लागि बनेका आत्माविहिन प्राणी हुन्, पुरुषले आफ्नो चाहना अनुसार जसरी, जहाँ र जहिले पनि प्रयोग गर्न सक्छ, पाउँछन भन्ने मान्यता स्थापित भयो । वर्षौँसम्मको दलन खपेको महिला समुदाय अन्ततः आफूमाथि थोपरिएको विभेद, असमानता, अत्याचार एवं दासता समेत स्वभाविक मान्ने चरणमा आइपुग्यो । त्यसको विपरीत पुरुष सत्ता निरन्तर सत्ताको सिँढी चढ्दै उकालियो, फलस्वरूप महिला र पुरुषका बीच अजंगको सुरुङ्ग निर्माण भयो । त्यो सुरुङ्ग फुटाएर यी दुई समुदायलाई भेट गराउने प्रयत्न खासै लामो छैन हाम्रोमा । विशेषगरी हिन्दु धर्म संस्कार अनुसारको समाज व्यवस्थाले अझ दमित भएको महिला समुदाय राणाकालमा सामाजिक परिवर्तनका खातिर आफ्ना अनुयायीहरु सहित अरुण नदीमा हेलिने योगमायाहरुको योगदानको जगमा आजको यो स्थितिमा पुगेको हो । सयौँ वर्षसम्मको अभ्यासले विभेदका लागि अभ्यस्त हाम्रो समाजमा परिवर्तनका नयाँ आयामहरु बनिरहेकै छन् ।
किताबको पन्ना पल्टाए जस्तै एकैपटक फर्लक्कै समाज परिवर्तन सम्भव हुँदैन क्यार ! न त त्यो परिवर्तन दिगो नै हुन्छ । फलामलाई ठूलो बल प्रयोग गरेर बंग्याउन खोज्दा भाँचिन्छ, बाङ्गिदैन । तर त्यसलाई आगोमा तताएर विस्तारै घनले पिट्दा क्रमशः चाहेको आकार दिन सकिन्छ । समाज परिवर्तनको गति पनि त्यही फलाम जस्तै हो । समाजका विभिन्न तह र अंगहरुलाई विस्तारै तताउँदै, पेल्दै, हिर्काउँदै गर्दा एउटा मोडमा हामीले चाहेको परिवर्तन दिगो हिसाबले स्थापित गर्न सकिन्छ ।

आधा आकाश ढाक्ने नारी आजको एकाइसौ शताब्दीमा आइपुग्दा पनि धार्मिक अन्धविश्वास, रुढीबादी, कुसंस्कृति, भेदभावपूर्ण व्यवहार ले नारी मुक्ति पाउन बाट अझै पनि वन्चित छन् ।

आजको युगमा आएर पनि कुरुती,कुसंस्कार अज्ञानता र सामन्ती व्यावहारले एउटा नारीप्रती घृणित र दुर्गन्धित बनाउन पछी पर्दैन, हाम्रो नेपाली समाज ।

कसैलाई बोक्सीको आरोप, कसैलाई योन हिंसा, घरेलुु हिंसा, छाउपडी, मानसिक टचर , बलात्कार, एसिड प्रहार ,बाल बिबाह, बहुबिबाह, दाइजो प्रथा, श्रम शोषण, यतिमात्र कहाँ हो र …


अत: लैंगिक विभेद/हिंसाका विरुद्ध भइरहेका गतिविधिहरु, विभेद अन्त्यका खातिर चलिरहेका यस्ता सानातिना प्रयासहरुको काम छैन भन्ने मानसिकता अहिलेका लागि उचित हुँदैन । जे जति भइरहेका छन् यतिले नै पर्याप्त हुन्छ भन्ने पनि होइन । अहिले भइरहेका कोसिसहरुको जगमा उभिएर क्रमशः परिवर्तनका नयाँ पाटाहरु उघार्दै जानु त छ नै, समाजको सकारात्मक, मौलिकता र स्वरुपलाई संरक्षण गर्नु पनि उत्तिकै जरुरी छ ।
पुरूष केन्द्रित मानसिकता र तुलनामा अल्झिएकाे समाज
यद्यपि श्रीमानको मृत्यूपछि रंगविहीन भएर, जहिलेसुकै पीरमा सुस्ताएरै बस्नुपर्छ, कहीँकतै रमाइलो उत्सवहरुमा सहभागी नै हुनु हुँदैन भन्ने मान्यताभन्दा त बाहिर आएकै हो भन्नुपर्दछ । कमसेकम समाजको बनिबनाऊ फ्रेमलाई तोडेकै हो भन्नुपर्दछ । भलै यति काफी होइन ।

“लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ । सन् १९९१ मा Center For Women’s Global Leadership ले अमेरिकास्थित Rutgers University मा पहिलो अन्तराष्ट्रिय महिला भेलाको आयोजना गरी यो अभियानको सुरुवात गरिएको थियो । विशेषगरि महिला र बालिकाहरुमाथि गरिने हिंसाका विरुद्ध चलाइने यो अभियान नेपालमा भने सन् १९९७ देखि सञ्चालन गरिएको हो ।
यो अवधिमा लैंगिक कारणले हुने शारिरिक, मानसिक, सामाजिक हिंसाहरुका विरुद्ध जनचेतनामूलक कार्यक्रम, सेमिनार, गोष्ठि, सभा, समारोह, कार्यशाला, तालिम, जुलुस, प्रभातफेरी लगायतका अनगिन्ती कामहरु हुन्छन्/गरिन्छन् । सरकारी, गैरसरकारी संघ-संस्था (NGO/INGO) हरुको पहलमा यस्ता गतिविधिहरु प्रशस्तै हुने गर्दछन् । यी कार्यक्रमहरुमा गरिने खर्च लाखौँदेखि करोडौँ हुने गर्दछ । तर नतिजा ? नतिजा कस्तो छ वा आउँछ/आयो भन्ने विषयमा कसैलाई चासो रहँदैन । चासो छ त उल्लेखित कार्यक्रमहरुमा कत्ति मान्छे सहभागी भए भन्ने कुराको मात्रै । किनभने उपस्थित मान्छेहरुको टाउको गणना गरेर कार्यक्रम सफल भए नभएको निर्क्यौल गरिन्छ र बजेट अनुमोदन गरिन्छ । तर त्यो कार्यक्रम लक्षित वर्गहरुसम्म पुग्यो पुगेन वा पुगेर पनि कस्तो प्रभाव वा असर के भयो ? त्यसको लेखाजोखा खासै हुन सक्दैन । बरु त्यस्ता कार्यक्रम हुने सुइँको पाउनेहरु हलसम्म पुग्छन्, यो कारणले कि, एक दिन भए नि कुर्सीमा आनन्दले बस्न पाइन्छ, मीठो खाजा-चिया दिन्छन्, कोही कोहीले त भत्ता/खर्च पनि दिन्छन् भन्ने लोभले । उनीहरुलाई त्यो ठूलो हलमा प्रोजेक्टरबाट देखाइने पावरप्वाइन्ट वा Demo Video हरुको खास वास्तै हुँदैन । वा ठूला ठूला कागजमा बनाइएका Data Analysis, Graphics सहितका व्याख्यात्मक भाषणहरुले उनीहरुको दिमागको ढक्कन खोल्न सक्दैन ।

त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् प्रश्न खडा भएको छ ।

यौन व्यवसाय, सर्कल लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ ।

त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

ताजा अपडेट