नेप्सेमा ११ ओटा कम्पनीको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार ११ ओटा कम्पनीहरुको मूल्य समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, वोमी लघुवित्त, स्पर्स लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, छिमेक लघुवित्त, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन गरेको हो ।

यी सबै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

बुक क्लोजको आधारमा मंगलवारसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

ताजा अपडेट