प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा शेरधन राईलाई हटाउँदै आचार्य चयन

काठमाडौं । प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । नेकपाको प्रचण्ड माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको प्रदेश सांसद राजेन्द्र राइले जानकारी दिए ।