प्रिय नयाँ वर्ष

नया बर्ष का शुभकामना र रङगिन, विरङगी फोटाहरु फेेसबुक भरि छरपस्ट देखिरहदा,कतै केहि नलेखि बस्न सकिन है । मेरा योजनाहरु आफै रङगिन लाग्न थालिसकेका छन् ।हो ,जिबनको उकाली ओराली भन्जाङ चौतारी गर्दै गन्तव्य प्रति आतुर, यि मेरा पाइलाहरु प्रिय नया बर्ष ।
तिम्रो आगमनको खबर पाएर नाचिरहेछन् । मन यसै प्रफुलित छ । मानौ पुतली झै आशा र भराेसा काे दियाे वरिपरि सपना बाेकेर घुमिरहेछ । केहि प्रश्न मनमा तिम्रो आगमन सङै उतर दिनु है प्रिय नया बर्ष तिमिलाइ नै पछाइरहेकाे ( काेराेना कहर) बाट कति पनि हताश र वेचैन नहुनु है ।
बुलन्द हौसला बनि यि बिचलित मन हरुमा थप जोस जागरको धरोहर बनि आउनु है नया बर्ष बर्ससेनि देखिका पुरा हुन नसकेका केहि सपनाहरु पनि प्रिय तिम्रो आगमन सगैँ पुरा गर्दै जानु है । नया बर्ष जिवनकाे भाेगाइ र मेराे बुझाइ प्रतिकाे दृष्टिकोण पनि प्रिय तिम्रो आगमनसगैँ
एकान्त र सुनसान गल्लि मा सलबलाउने हातहरुलाइ पनि
अलिकति मानवता र चेतनाकाे पटि पढाउनु है । नया बर्ष
कोरोना कहर भ्न्दै थकित र त्रासित मनहरुलाइ पनि
काेराेना कहर मात्र होइन चुनौती र अबसर पनि हाे ,
भनेर समझाइ दिनु है । भन्जाङकाे चैतारिमा लोलाउदै र टाेलाउदै बसेका थकित मनहरु लाइ पनि धैर्यता र गतिशीलताकाे परिभाषा दिएर जाउ है नया बर्ष फुल्दै गरेका सपनहरुका गुचछ फ्कृद गरेका गन्तव्का कोपिलमा प्रिय तिमि सबै इक्ष्या र आकाङ्क्षा समेटने उपहार बनेर आउनु है प्रिय । एन्जिला अम्गाइ

ताजा अपडेट