‘खोविया लिउ लिउ’ गायक कर्ण बर्जाचार्यको नेवारी गीत सार्वजनिक

श्राेतः इन्टरनेट

काठमाडौं । नेपाल भाषाको गीत ‘खोविया लिउ लिउ’ (आँशुको पछि पछि) सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक प्रवेशमान शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमकावीच उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायक कर्ण बर्जाचार्यको स्वर रहेको छ । गीतको शब्द संगित गायक स्वंमले गरेका छन भने, एरेन्ज दिपेश सिंहको रहेको छ ।

गीतको भिडियो दिपेश सिंहले निर्देशन गरेका हुन, भने भिडियोमा गायक कर्ण बर्जाचार्य, मन्दिरा मगर, प्रशान्त मिष्ट, श्रीजा बज्राचार्य लगायतलाई देख्न सकिन्छ।

भिडियो सम्पादन प्रशान्त मिष्टले गरेका हुन । गीतको भिडियो अबको केहि दिनमा मात्र युट्युबमा राखिने निर्माण पक्षले जनाएको छ ।

गीत सार्वजनिक कार्यक्रममा नेपालका अभियन्ता, गीत संगितको क्षेत्रमा क्रियाशिल कलाकार तथा पत्रकारहरुलाई मायाको चिनो तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

बदलिंदो परस्थितिमा पनि आफ्नो मौलिक तथा मातृभाषाको गीत बजारमा ल्याएको भन्दै सहभागी सबैले गायक बर्जाचार्यलाई धन्यवाद तथा बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गायक प्रवेशमान शाक्यले गीत संगितको क्षेत्रमा नयाँ आयाम थपिएको भन्दै कर्ण बर्जाचार्यले गरेको कामको प्रसंशा गरेका थिए ।

गायक प्रशान्त मिष्टको संयोजन रहेको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो ।