काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन आज

श्राेतः इन्टरनेट

काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन आज (सोमबार)बाट शुरु भएको छ ।

अधिवेशनमा तीनओटा विधेयक पेस भएका छन् ।

बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेश भएका हुन् ।

सातौ नगरसभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनुपर्ने, केहीको स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने भएकोले बजेट संशोधन प्रस्ताव पनि गरिएको महानगरपालिकाले जनाएको छ ।

आजको सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित नगरसभा सदस्यहरु सहभागी रहेका थिए ।