पुस २९ गते सार्वजनिक बिदा

प्रदेश सरकारले भुवा पर्वको अवसरमा धनगढी- सुदूरपश्चिम प्रदेशमा पुस २९ गतेका दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बिदाबारे जानकारी दिए ।  


मन्त्रीपरिषद् बैठकले भुवा पर्वमा बिदा दिने निर्णय गरेको उनले बताए ।