सवारी लाइसेन्स ट्रायलमा अब ६० अंक ल्याए पास हुने

काठमाडौ । सवारी चालक अनुमति पत्र परीक्षाको लागी सरकारले हाल भइरहेको मापदण्डलाई परिवर्तन गरी एक सय पूर्णाङ्क मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्था अघि बढाएको छ । हाल भैरहेको मापदण्ड परिमार्जन हुने भएको हो ।

अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभार दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । यो व्यवस्था लागू भए ट्रायल परिक्षामा ६० अंक ल्याए पास हुने छ ।अहिले ट्रायल परीक्षामा कुनै एक गल्तीकै कारण फेल र बर्षैसम्म लाइसेन्सविहिन हुनुपर्ने अवस्था छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो व्यवस्थाका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

लाइसेन्स लिन चाहनेले हाल कार्यालयको वेबसाइटमा गएर फारम भर्नुपर्ने, कार्यालयले तोकेको मितिमा लिखित परीक्षा दिनुपर्ने र लिखित पास भएपछि प्रयोगात्मक परीक्षा दिनुपर्छ । यो प्रक्रिया झन्झटिलो भएको भन्दै नयाँ मान्यता अनुसार सवारी लाईसेन्सलाई प्रभावकारी बनाउने योजना छ ।