संसद् विघटनका विरुद्ध सडक संघर्षमा लाग्न दाहाल –नेपालको आह्वान

श्राेतः इन्टरनेट

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललेआह्वान गरेका छन् ।

 माघ ९ मा राजधानीमा शक्ति प्रर्दशनको तयारीमा लागेकै बेला दाहाल र नेपालले सोमबार संयुक्त अपिल जारी गर्दै लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुन:स्थापना गर्ने अभियानलाई साथ दिन पनि आह्वान गरेका हुन् ।

न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की रप्रतिनिधिसभालाई अचेत बनाएका छन् ।

यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुन:स्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र पार्टीको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएको अपिलमा उल्लेख छ ।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ ।

अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।