करिश्मा मानन्धर को निर्देशन फिल्ममा छोरीको अभिनय

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले नयाँ चलचित्रको तयारी थालेकी छन् । छोरी कवितालाई मुख्य भुमिकामा काम गराउने निर्णय गरेकी छन् । कविताले यसअघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरेकी थिइन् । तर, यो चलचित्र असफल भयो ।

कविताको डेब्यु असफल भएपनि करिश्माले नयाँ चलचित्रबाट कविताको क्षमतालाई राम्रैसँग देखाउने जनाएकी छन् । करिश्माले होम प्रोडक्सनबाट चलचित्र ‘बनबास’ गराउन लागेकी हुन् ।