प्रेम दिवसमा अन्जु पन्तले आफ्नाे हुनेवालाकाे प्रसंसा गर्दै

स्राेत: इन्टरनेट

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएसगै बिवाहको लगभक तयारि समेत सकिएको छ ।

अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो ।

उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको चर्चा पनि बजारमा भइरहेको छ ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् ।

यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर अहिले भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि छिन् ।

कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णयकको रुपमा रहेकी छिन् ।