“आज भोली ” टेली सीरियल दर्शक माझमा

काठमाडौं । नेपाली रंगमन्चमा लामो समय देखि प्रभाव जमाईरहेका निर्देशक गणेश राई र कमल योन्जन तामांगको निर्देशनमा टेलीसीरियल “आज भोली ” निर्माण भएको छ ।

हास्य जोडी गणेश राई र विश्वजित देउजाको पटकथा संवाद रहने उक्त टेली सीरियल “आज भोली” मा ख्याती प्राप्त कलाकारहरु डोमा ह्योल्मो,राम बुढाथोकी, दावा लामा, बालानन्द मैनाली, टार्जन दाहाल,लक्ष्मी प्रधान,पुजा शाही,अर्जुन क्षेत्रि, दिपराज महतरा, आकृति खड्का, कमल योन्जन तामांग, गणेश राई, जनक सिंह, राम बुढाथोकी, निलम आचार्य, सन्तोष थापा, रेहन क्षेत्रि, गोविन्द बुढाथोकी, बिपना चौलागाई, अयुब घिमिरे, सोमराज रावल, सारह अधिकारि, बिशाल प्याकुरेल, शैलेन्द्र पण्डित रुपेश गौतम लगायतका अभिनय रहनेछ ।

आज बेलुका ९ बजे ओमकार टेलिभिजनबाट प्रसारण उने उक्त टेलिसिरियलको प्रेस मिट हिमालयन थकाली चुल्होमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रेस मिटमा कमेडी कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, हास्य कलाकार श्री कृष्ण सिम्खडा, पवन खतिवडा म्याकुरि,डोमा ह्योल्मो, गायक सबिन लिम्बु लगायत अन्य थुप्रै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“आज भोली” को टाइटल गीतमा गायक सनम लामाको आवाज रहेको छ भने अर्जुन क्षेत्रिको छायांकन रहनेछ । नाकिमा मिडिया प्रा।लि को प्रस्तुतिमा निर्माण हुने उक्त सीरियल “आज भोली” ओमकार टेलिभिजन बाट प्रत्येक शुक्रबार बेलुका ९ बजे प्रसारण हुने टेलिसिरियलका मुख्य निर्देशक गणेश राईलेलाई जानकारी दिनु भयो । दर्शकस्रोताले युटुब मार्फत सप्तरंग टिभीबाट उक्त टेली सीरियल “ आज भोली ” हेर्न सकिनेछ ।