प्रथम क्षेत्रीको न आउनु है भेट्न’ गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । चर्चित मोडल रियाशा दाहाल , प्रथम क्षेत्री र भिम खड्काको अभियनयमा ‘न आउनु है भेट्न’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा आफुलाई भन्दा बढी माया गरेकी मायालुले एक्कासी छोडेर गए पछि कसको मन रुदैन र!!!
छोडेर जानु पनि उसको वाध्यता थियो होला शायद!!!
वाध्यताले छोडेर गए पनि, माया त माया नै हो नि, कहाँ चटक्कै भुल्न सकिन्छ र !!!

प्रेम धोकाले कुलतमा लागेको प्रेमीलाई कुलतबाट छुटाउन चाएकी प्रेमिका र आफ्नो कुलतले गर्दा झन् पीडित भएकी प्रेमिकाको आँसु देख्न नसकी मृत्यु अगालेको कहानी देखाइएको छ यहाँ। माया हुदा-हुदै विछोड हुनु परेको मार्मिक पीडा को ज्वलन्त उदाहरण रहेको छ ।

उक्त गीतमा टि आर गौडेलको शब्द र बाबुल गिरिको संगीत रहेको छ भने र सबैको लोक प्रिय गायक निशान भट्टराईको स्वर रहेको छ भने संगीत संयोजन बाबुल गिरिले गरेका हुन्।