सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार

श्राेतः इन्टरनेट

काठमाडौ । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।