बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगरले दिइन विनय बस्नेत बिरूद्ध उजुरी

काठमाडौ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी थिइन । सपना रोका र बिनय बस्नेत बाबु छोरीको नाता सम्बन्ध देखाउदै आएका थिए । तर सपना रोका मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विनय बस्नेत बिरूद् उजुरी दिएकी छन् । विनय बस्नेत बिरूद्ध दिएको जाहेरीको आधारमा प्रहरीले विनयलाई पक्राउ गरेको छ । विनयले मोबाईल र पेन ड्राईभमा सपनाको नांगो फोटो सुरक्षित छ, म सार्वजनिक गर्छु भन्दै सार्वजनिक रूपमा यातना दिदै आएको सपना रोका मगरले बताउछिन् ।