प्रमाण सहितको पुष्टि भएन भन्दै भागरथीको शव बुझ्न आफन्तद्वारा अझै अस्वीकार

काठमाडौं । दिनेश भट्टले नै भागरथी को हत्या गरेको प्रमाण सहितको पुष्टि नभएसम्म परिवारले भागरथीको शव नबुझ्ने बताएका छन् । भट्ट भागथीको बलात्कार पछि हत्य प्रकरण आरोपमा पक्राउ परेका छन् । प
घटनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घटनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताताए।

शिवराजले भने , “ दिनेशले ह’ ‘त्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौं ।”
शिवराजले अगाडि भने“ दिनेशलाई मैले पनि जिप्रकामा भेटे । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा ह ‘त्या गरेको तर, कर णी नगरेको बताउँदै छ । घटना प्रकृति र पोष्टमार्टम रिपोर्टमा कर णी पछि ज्या न लि’एको भन्ने आएको छ । कसरी विश्वस गर्ने ? पुष्टि हुनुपर्छ ।”

घटनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घटनाकै कारणमा भागरथीको ज्यान लिनुको कारण हो भन्ने आधार नभएको भट्टले बताए ।

ताजा अपडेट