सुपरस्टार बन्नुअघि फिल्मी सेटमा कुचो लगाउथे, ऋतिक रोशन

श्राेत इन्टरनेट

बलिउड अभिनेता ऋतिक रोशन सफल अभिनेता मानिन्छन् । उनी बलिउडमा ह्याण्डसम अभिनेताका रुपमा कहलिन्छन् ।

पिता राकेश रोशन निर्माता निर्देशक भएपनि ऋतिकलागी बलिउडको प्रवेश सहज थिएन । सन् २००० मा फिल्म कहो न प्यार है बाट ऋतिक रोशनले बलिउड प्रवेश गरेका थिए ।

तर फिल्ममा अभिनेताको भुमिका पाउनुअघि उनले कैयौं संघर्ष गर्नु परेको थियो । ऋतिकलाई काम सिकाउने भन्दै पिता राकेशले उनलाई आफ्नो फिल्मको सेटमा काम लगाउथे ।

ऋतिकले सेटमा कुचो लगाउनेदेखि कर्मचारीलाई चिया बाड्नेसम्मको काम गरेका छन् । पछि मात्र उनलाई पिता राकेशले असिस्टेन्ट डाइरेक्टर राखेका थिए ।

राकेशको फिल्म करण अर्जुनमा ऋतिक असिसटेन्ट निर्देशकका रुपमा काम गरेका थिए ।

जहाँ ऋतिकले निकै कष्ट भोग्नु पर्याे । कालान्तरम यस्तै कष्ट भोगेर काम सिक्दै गएपछि ऋतिक एक सफल अभिनेता बन्न सफल भए ।

उनले ६ बर्षको उमेरमा हजुरबुवा ओम प्रकाशको फिल्म आशामा बालकलाकारको भुमिका निर्वाह गरेका थिए ।

जहाँ उनको कमाई १ सय रुपैयाँ थियो । ऋतिक रोशन आज सुपरस्टार मानिन्छन् । उनको कहो न प्यार हैं, धूम २, अग्निपथ, जोधा अकबर, कृष, वारलगायतका फिल्म सुपरहिट छन् ।