गर्भवती र स्तनपानका लागि पोषण

काठमाडौं । गर्भावस्था हरेक महिलाका लागि विशेष समय हो । यस समयमा हरेक महिलाले आफ्नो स्वास्थ्य सँगै गर्भमा रहेको भुण्रको स्वास्थ्य अवस्थाबारे विशेष ध्यान दिनु आवश्यक छ ।

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारण गरेको समयदेखि दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । भने सुत्केरी हुदाँ दिनहुँ खाने साविक खानाका साथै थप दुईपटक पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । त्यसका साथै गर्भवती र स्तनपान गराइरहेकी महिलाको आनेकुरामा यस्ता पोषण तत्वहरू समाबेश हुनपर्छ ।  

गर्भधारण गरेको समय वा सुत्केरी महिलाले पोषण तत्वहरूले भरिएका खाद्य समूहहरूको विविध र विविधता सुनिश्चित गर्न प्लेटमा इन्द्रेणी युक्त संन्तुलित आहार समावेश हुनुपर्छ । 

परिष्कृत कार्बोहाइड्रेटको सट्टा खानामा सम्पूर्ण अनाज र अन्नलाई समावेश गर्नुपर्दछ।

प्रोटीन र क्याल्शियमयुक्त खाना जस्तै दूध ,दही, गेडागुडी र फलफूल, अण्डा, माछा, मासु मा बढि ध्यान दिन जरुरी छ । यसले भ्रुणको स्वास्थ्य विकासमा मद्दत गर्दछ।

गाढा र हरियो पातदार तरकारीको साथै दैनिक आहारमा भिटामिन र खनिज जस्तै फर्सी ,गाजर, ब्रोकोली र फलफुलहरु तत्व आवश्यक पर्छ ।

प्रतिरोधात्मक क्षमता निर्माण गर्नका लागी प्रत्येक दिन भिटामिन र एन्टिअक्सिडेन्ट फलफुलहरू ९अनार, लसुन, चुकन्दर, गोलभेडा, किबी० को उपभोग गर्न जरुरी छ।

फलाम र फोलिकयुक्त खाना जस्तै अंग मासु ९कलेजो, मुटु, जिब्रो, दिमाग०, टुसा उमारेका गेडागुडी, गाढा हरियो पातदार तरकारीहरू, सिमी आदि उपभोग गर्न जरुरी छ।

राम्रो र स्वस्थकर फ्याटहरू जस्तै नट र बीउहरू तिल, आलस,ओखर, बदाम, फर्सिको बिया, एभोकाडो खानुपर्छ ।

जंक फूड, प्रशोधित गरिएको खाना र चिल्लो खानामा स्वास्थ्यको लागि हानिकारक सोडियम, ट्रान्स फ्याट, परिष्कृत कार्बोहाइड्रेट र संरक्षकहरु अत्याधिक हुन्छ त्यसैले यस्ता खानेकुराबाट टाढै बस्नुपर्छ ।

आमाको दुध उत्पादनका लागि मेथी, ज्वानो, बीउ, नट र चाकुको उपभोग उपयुक्त हुन्छ। महिला स्वास्थको सहयोगमा ।