वैवाहिक जीवनलाई सुखद यसरी बनाउनुस

वैवाहिक जीवनलाई सुखद बनाउन अपनाउनुस  यस्ता तरिकाहरु

काठमाडौं। वैवाहिक जीवनको आधार प्रेम, माया, समय र तपाईंको प्रयासमा टिकेको हुन्छ । प्रेमको बाटो सधैं खुशीले भरिएको हुँदैन । खुशीयाली बनाउनका लागि तपाईंले लगातार प्रयास गरिरहनु पर्छ । यसका लागि हाम्रो स–साना बानीले ठूल्ठूला काम…

प्रेमको बाटो सधैं खुशीले भरिएको हुँदैन खुशीयाली बनाउनका लागि तपाईंले लगातार प्रयास गरिरहनु पर्छ ।

यसका लागि हाम्रो स–साना बानीले ठूल्ठूला काम गर्न सक्छ ।

यदि तपाईंको बानी राम्रो छ भने तपाईंले आफ्नो जीवन साथीको नजिक आउने मात्र होइन, तपाईंको जोडी पनि बलियो हुन्छ ।

आज हामी चार त्यस्ता बानीहरुको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको विवाहित जिन्दगी खुशी र सुखी बनाउन सहयोग पुऱ्याउँछ । ।

पहिलो बानी– संवाद

तपाईंको विवाह लामो समयसम्म टिकिरहनका लागि संवादले ठूलो भूमिका खेल्छ ।

तपाईंहरु दुवैले सबै कुरा एक–अर्कासंग शेयर गर्नु आवश्यक छ ।
अफिस, घर आदिका कुराहरु शेयर गर्नाले एक–अर्कामा प्रेम झन् बढ्छ ।

यसबाहेक तपाईंहरु दुवैले आफ्नो परिवार र साथिभाईको बारेमा कुरा गर्न सक्नु हुन्छ ।

उनीहरुको जीवनको रोचक कुराहरु शेयर गर्न सक्नु हुन्छ ।

आफ्नो जीवनको राम्रो र नराम्रो क्षणहरु, आफ्नो सघर्ष र सफलताको कुरा गर्न सक्नु हुन्छ ।

जब दुबैले आपसमा राम्रा कुराहरु गर्छन्, तब उनीहरुको सम्वाद राम्रो भयो भने उनीहरुले तनाव कम भएको महसूस गर्छन् ।

उनीहरुको एक–अर्कामा भरोसा बढ्छ । जसका कारण उनीहरु स्वस्थ र खुशी रहन्छन् ।

दोस्रो बानी– अन्तरंगताको महत्व

आफ्नो साथीसंग शारीरिक र मानसिक दुवै रुपमा अन्तरंगता बढाउनु पर्छ ।

तपाईंको साथीलाई के कुरामा ढुक्क हुनुपर्छ भने उ तपाईंको साथमा सुरक्षित छ ।

त्यसपछि मात्र सले तपाईसंग मनको सबै कुरा भन्न सक्छ ।

त्यसपछि मात्र तपाईंहरु दुबैले एकअर्काको शारीरिक आवश्यकतालाई राम्रोसंग बुझ्न सक्नु हुन्छ ।

जब तपाईंको सम्बन्धमा यौनको मात्रा समुचित हुन्छ, तब तपाईंहरुको सम्बन्ध झन् धेरै बलियो हुन्छ ।

यौनका बारेमा पनि दुबैले खुलेर कुरा गर्नु पर्छ ।

यसो गर्दा तपाईंहरु एक–अर्काको इच्छा र चाहनालाई बुझ्न सक्नु हुन्छ ।

यसो गर्दा अन्तरंग सम्बन्धमा सन्तुष्टिको महसूस हुन्छ ।

तेस्रो बानी : राम्रो स्रोता बन्नु होस्

तपाईंले आफ्ना कुराहरु जसरी अफ्ट्यारो नमानी आफ्ना पार्टनरलाई सुनाउनु हुन्छ, त्यत्तिकै उत्सुकता पार्टनरको कुरा सुन्नमा पनि देखाउनु पर्छ ।

यदि तपाईंले त्यसो गर्नु भएन भने एउटा समय त्यस्तो पनि आउँछ, जब तपाईंहरुको संवाद नै वन वे हुनपुग्छ, जसले अन्त्यमा गएर तपाईंहरुबीचको सम्बन्धलाई नै निरश बनाउँछ ।

पार्टनरको कुराहरु ध्यान दिएर सुनेर तपाईंले उनका आवश्यकताहरुलाई सही तरिकाले बुझ्न सक्नु हुन्छ ।

उनका कुरालाई केवल सुन्नका लागि मात्र नसुन्नु होला, त्यसमा विचार अथवा अमल पनि गर्नु होला ।

ताकि उनलाई आफ्नो महत्वको बारेमा थाहा होस् ।

यो तरिका अपनाएर तपाईंले आफ्नो सम्बन्धलाई सुखद बनाउन सक्नु हुनेछ ।

चौथो बानी : एक–अर्काप्रति कृतज्ञ रहनु पर्छ

कुनै पनि सम्बन्धमा यदि हामीले सम्मान तथा प्रशंसा पाएनौं भने हामी बिस्तारै–बिस्तारै उक्त सम्बन्धबाट पछाडि हट्दै जान्छौं ।

यो कुरा वैवाहिक सम्बन्धमा पनि लागू हुन्छ ।

पार्टनरप्रति कृतज्ञता व्यक्त गर्नु निकै आवश्यक छ ।

उनको राम्रो कुरालाई वेवास्ता नगर्नु होस् ।

उनी तपाईंकी जीवनसाथी हुनु भन्दा अघि एक मानव पनि हुन् र हरेक व्यक्ति आफ्ना मान्छेद्वारा गरिएको राम्रो कामप्रति प्रशंसा चाहन्छन् ।

यदि तपाईं नियमित तरिकाले पार्टनरको प्रशंसा गरिरहनु हुन्छ भने के कुरामा ढुक्क हुनुहोस् भने तपाईंको सम्बन्ध मजबूत हुनेछ ।

यही कुरा तपाईंको पार्टनरमा पनि लागू हुन्छ ।

ताजा अपडेट