उसले निकै प्रयास गर्यो तर मैले दिएन ….

काठमाडौ । बाँकेको नेपालगन्ज–६ फुल्टेक्रास्थित एक सामुदायिक विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरी माथि भएको घटनामा किशोरीले अझै न्याय पाएकी छैनन् । उनलाई वाटोमै करणी प्रयास भएको थियो । उनले प्रतिरोध गर्दा झन्डै मृत्युको मुखमा पुगिनन् ।

घटना भएको ११ दिन सम्म पनि उनी बोल्न न सक्ने अवस्थामा छन् । किशोरीका अभिभावकका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर करणी योजना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दिउँसै धम्की दिएका थिए ।

‘मसँग चुपचाप नहिंडे यहीं मारि दिन्छु भनेर एक हातले घाँटीमा सलभित्र’ ब्लेड राख्यो, अर्को हात समातेपछि म बोल्नै सकिंन,’ सरासर’ होटलमा लगेर करणी प्रयास गरेको सम्झँदै किशोरीले भनिन्, ‘कुनै हालतमा नदिएपछि मेरो यस्तो अवस्था बनाए । लात्ती ले निरन्तर अनुहारमा हाने ।

उनीहरु किशोरीको मृत्यु भयो भन्ने सोचेर त्यहाँवाट हिँडे। किशोरीको भनाइ थियो ‘पछि होस् खुलेपछि रो ए को सुनेर होटलवाला आएर अस्पताल पुर्याउए।’ माघ १६ गते शुक्रवार, शीतलहर, हुस्सु र कुहिरोले ढपक्क ढाकेर एका बिहान जस्तो लाग्ने त्यो दिन सम्झँदै किशोरीले भनिन्, ‘नजिकैको मानिसपनि नदेखिने अवस्था थियो। हात समातेर आफन्तले घरतिर लगेजस्तै मलाई डोर्याउँदै होटल लिएर गए।

तीन दिन अघिमात्रै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएको भएपनि उनले न्याय पाएकी छैनन् । नेपालगन्जको स्थानिय मिडिया दैनिक नेपालगन्जमा पुगेकी किशोरीकी आमाले भनिन्, यति ठूलो घटनामा प्रहरीले आफै अनुसन्धान गर्छ भन्ने सोचेकी थिए तर तीन दिन अघि प्रहरी कार्यालय जाँदा सम्म पनि केही भएको रहेनछ । अहिले किटानी जाहेरी दिएर आएकी छु ।

किशोरीलाई सिध्याउन खोजेको देखिएको प्रहरीको भनाई छ । प्रहरीक कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीले घटनाको अनुसन्धान भैरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।