पारसको १२ लाख खाएको बारे बोलिन सोनिकाकि आमा , (भिडियोसहित)

काठमाडौ । युट्युवर तथा मोडल सोनिका रोकाय अहिले आफ्नै दुनियामा ब्यस्त छन् । उनले दिने अभिब्यक्ति भने कहिले काँही विवादित हुन्छ । पूर्वयुवराज पारस शाहसंगको सम्बन्धका कारण पनि उनी विवादित थिइन् । तर अहिले उनीहरु अलग भइसकेका छन् । कोरोना जोखिमका कारण उनी लामो समय बझागं स्थित आफ्नो घरमा गएर बसेकी थिइन् ।उनी त्यसबेला पनि निकै विवादित भइन् । जब बझागंमा सोनिका थिइन् त्यती बेला उनलाई पूर्वयुवराज पारसको १२ लाख रुपैया ठगी गरेको आरोप लागेको थियो । त्यो आरोप झुटो भएको प्रमाणीत भइसकेको छ । सोनिका भन्छिन्, कन्ट्रोभर्सी मलाई खोज्दै आउँछ, म विवादित हुन चाहन्न तर विवाद मलाई खोज्दै आउँछ । अहिले आफु निकै खुसी जिवन बाँचिरहेको बताएकी छन् ।उनले आफु जे गर्छिन त्यो खुसी भएर गर्ने गरेको बताएकी छन् । आफुले अहिले जिवनको महत्व बुझेको पनि उनको भनाई छ । संगै रहेकी सोनिकाको आमाले छोरी प्रति गर्व गर्ने बताउँदा उनी भावुक भएकी थिइन् । सोनिकाले काठमाडौमा पार्लर संचालन गर्दै आएकी छन् । उनको पार्लर संचालन गरेको एक वर्ष हुन लागेको छ । नारी दिवसका दिन उनको पार्लर संचालनको एक वर्ष हुन्छ ।पारश हिमानीको सम्बन्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकी सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकी हुन् । समाजिक संजालमा पूर्वराजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हालेकि छिन् ।

ताजा अपडेट