नेपालसँग सम्बन्ध थप सुदृढ बनाउँन खोज्दै, जाे वाईडेन

अमेरिकाले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका छन । बुधबार अमेरिकाका राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध चाहेको बताउनु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।अमेरिकी बिदेश मन्त्रालयमार्फत नेपालका राजदूत डा।युवराज खतिवडाले पठाएको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति वाइडनले जवाफमा यस्तो बताएका हुन् ।अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति वाइडनले नेपालसँग साझा एजेण्डाको आधारमा सम्बन्धलाई बनाउन चाहेको बताए । त्यस्तैगरी राजदूत खतिवडाले पनि अमेरिकाले गर्दै आएको सहयोगहरु प्रति नेपालका तर्फबाट आभार व्यक्त गरे ।