बारपाकमा रुखबाट लडेर एकको मृत्यु

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकका स्थानीय २३ वर्षीया युवा शुकबहादुर गुरुङको आज रुखबाट लडेर मृत्यु भएको छ ।
घाँस काट्न बस्ती नजिकैको बनमा गएका गुरुङको घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यू भएको स्थानीय धनबहादुर गुरुङले जानकारी दिएका छन् ।